NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७

परिचय

पुरातात्त्विक स्रोतको रूपमा रहेको मुद्राले तत्कालीन समयको इतिहास, संस्कृति तथा सभ्यताको बारेमा जानकारी दिन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । सङ्कलित मुद्राको माध्यमबाट नेपालको इतिहासबारे जनमानसलाई जानकारी दिने उद्देश्यले विक्रम सम्वत् २०१९ साल पौष १ गते तत्कालीन राजा श्री ५ महाराजधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट हनुमानढोका दरबार परिसरभित्र राष्ट्रिय मुद्रा संग्रहालयको स्थापना भएको थियो । वि. सं. २०५० सालमा यस संग्रहालयलाई छाउनी स्थित राष्ट्रिय संग्रहालयको ऐतिहासिक भवनमा स्थानान्तरण गरिएको थियो । वि. सं. २०७७ साल फागुन १८ गते पुरातत्त्व विभागको निर्णय बमोजिम राष्ट्रिय संग्रहालय, छाउनीको दक्षिणपट्टि रहेको पुल घर राष्ट्रिय मुद्रा संग्रहालयलाई हस्तान्तरण गरिएको थियो । हाल राष्ट्रिय मुद्रा संग्रहालय सोही पुल घरमा सञ्चालनमा रहेको छ ।